भलिबलमा अफगानिस्तानको पहिलो जित
काठमाडौं–अफगानिस्तानले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा मंगलबार भएको खेलमा बंगलादेशलाई ३–२ को सेटमा हरायो ।
अफगानिस्तानले बंगलादेशलाई २५–२१, १९–२५, १८–२५,२५–२३, १५–१२ को सेटमा हराएको हो । जितसँगै समूह ‘बी’ मा रहेको अफगानिस्तानले दुई खेलबाट दुई नै अंक जोडेको छ ।
अफगानिस्तानले सेमिफाइनलको सम्भावना पनि कायम राखेको छ । पहिलो खेलमा अफगानिस्तान तुर्कमेनिस्तानसँग पराजित भएको थियो ।बंगलादेशको भने यो लगातार दोस्रो हार हो । हारसँगै बंगलादेशको सेमिफाइनल यात्रा कठिन बनेको छ । पहिलो खेलमा बंगलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो ।
यसैगरी मंगलबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले तुर्कमिनिस्तानलाई ३–० को सोझो सेटमा हरायो । उज्वेकिस्तानले २५–२१, २५–१८, २५–१५ को सेटमा हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण