नेपाल बाहिरियो
बुधबार, ०४ भदौ २०७६, १९ : ४१
काठमाडौं– लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिपको समूह चरणबाटै बाहिरिएको छ । अघिल्लो चरण प्रवेशका लागि जित्नैपर्ने बाध्यताकाबीच माल्दिभ्सविरुद्ध बुधबार उत्रेको नेपालले ३–० को सोझो सेटमा हार खेप्दै च्याम्पियनसिपको अघिल्लो चरण पुग्नबाट बञ्चित बन्यो । माल्दिभ्स २५–२१, २५–२१, २५–१४ को सोझो सेटमा विजयी भएको थियो ।
यसै च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्सलाई नै हराएर कांस्य पदक जितेको थियो । नेपाली टोलीले यसपटक समूह चरणका दुवै खेल लगातार गुमायो । पहिलो खेलमा पनि नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । नेपाललाई हराएसँगै समूह ‘ए’ को उपविजेताका रुपमा माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण