भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम–उपेन्द्र
बिहीबार, ०५ भदौ २०७६, १२ : ५७
१
काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री तथा सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव होटलमा पुगेका छन् ।
कुटनीतिक मर्यादा उलङ्घन गर्दै दुबै नेता भारतीय विदेशमन्त्री एस जयशंकरलाई उनी बसेकै होटल द्वारिकाजमा भेट्न पुगेका हुन् । विगतमा पनि आफ्नो पदीय हैसियतको ख्यान नगरी नेपाली नेताहरु भारतीय नेतालाई भेट्न होटल पुग्ने गरेका थिए ।
भेटमा भट्टराई–यादव र जयशंकरबीच नेपाल भारतबीचको दुई पक्षीय हित, आपसी चासोलगायतका विषयमा छलफल भएको बताइएको छ ।
यस्तै भट्टराईले नेपालको विकासमा भारतको स्पष्ट मोडलको अपेक्षा आफूले राखेको बताएका थिए । नेपाल भारत दुई पक्षीय बैठकमा सहभागी हुन आएका जयशंकर उच्चस्तरीय भेटघाट सकेर आजै अपरान्ह स्वदेश फिर्ता हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण