प्रदेश प्रहरीलाई १४ गाडी
शुक्रबार, ०६ भदौ २०७६, २१ : २५
काठमाडौं- आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले कर्णाली प्रदेश प्रहरीलाई गाडी हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीलाई आज साँचो हस्तान्तरण गरेका छन् । साँचो हस्तान्तरण गर्दै कानूनमन्त्री भण्डारीले प्रदेशको शान्ति सुरक्षा मजबूत बनाउन र जनताको दैनिक समस्या यथासम्भव समाधान गर्न दुईचरण गरेर १४ गाडी हस्तान्तरण गरिएको बताए ।
साँचो ग्रहण गर्दै प्रहरी नायब महानिरीक्षक जोशीले कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये अभाव र बढी आवश्यकता भएका जिल्लाको अवस्थालाई मध्यनजर गरेर गाडी प्रदान गर्ने बताए । “भौगोलिक विकटताले बनाएको अप्ठ्यारोलाई प्रदेश सरकारको यो कामले सजिलो बनाएको छ,” उनले भने, “यस कार्यले प्रहरीको मनोबल बढाउनुको साथै कार्यसम्पादनमा प्रभावकारिता ल्याउने देखिन्छ ।”
प्रदेश सरकारले बलेरो क्याम्पर र टाटा कम्पनीका गाडी प्रदान गरेको मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालले जानकारी दिए । उनका अनुसार आव ०७५/७६ अन्तर्गत गाडी खरीदका लागि विनियोजित रु आठ करोड बजेटमा रु छ करोड २९ लाख ९५ हजारको गाडी प्रदेश प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण