नवलपरासीमा २ जना फरार अभियुक्त पक्राउ
परासी। जिल्ला प्रहरी कार्यालयल पश्चिम नवलपरासीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कर्तब्य ज्यान मुद्दामा फरार रहेको सुनवल नगरपालिका ११ बस्ने ३७ बर्षिय गोविन्द प्रसाद कुमाललाई ११ बर्षपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेश अनुसार पुर्पपक्षका लागि कारगार पठाएको जनाएको छ ।
कुमाल ११ बर्ष अगाडी साविक रामनगर ५ बस्ने लाल बहादुर सुनार र कमल सुनारलाई फलामे रड हानी गम्भीर घाईते बनाई फरार भएका थिए । गम्भीर घाईते मध्ये कमल सुनारको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले कर्तब्य ज्यानको मुद्दा चलाई कुमालको खोजतलास गरिरहेको थियो । अभियुक्त कुमाललाई प्रहरीले उनको घर नजिकैबाट पक्राउ गरेको हो ।
त्यस्तै जबजस्तीकरणी मुद्दामा फरार जिल्लाको प्रतापपुर गाउँपालिका १ बस्ने अशोक केवटलाई पनि पक्राउ गरि अनुसन्धान थालेको छ । केवट २०७५ फागुन २८ गते परिवर्तित नाम एस भन्ने २२ बर्षिय युवतिलाई बर्दघाट नगरपालिका १३ धनेवा स्थित उखुबारीमा जबरजस्ती करणी गरि फरार भएका थिए ।
प्रहरीले पिडितको जाहेरी पाएपछि फरार अभियुक्त केवटको खोजतलाश गरिरहेको थियो । प्रहरीले सुचनाका आधारमा केवटलाई भदांै ६ गते उनकै घर नजिकबाट पक्राउ गरि थप अनुसन्धा थालेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण