सलाहको दुई गोलमा लिभरपुल विजयी
मोहमद सलाहले दुई गोल गरेसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गेलले हरायो । साविक उपविजेता लिभरपुलले यसअघि नर्विच सिटीलाई ४–१ र साउथह्याम्पटनलाई २–१ गोलले पराजित गरेको थियो । आर्सनलको भने यो पहिलो हार हो ।
लिभरपुलको जितमा जोएल माटिपले ४१औं मिनेटमा खाता खोले । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा दुई गोल थपेको थियो । ४९औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । डिबक्स भित्र आर्सनलमा रक्षक डेभिड लुइजले सलाहलाई लडाएपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो ।
त्यसपछि ५८औं मिनेटमा सलाहले ब्यक्तिगत दोस्रो गोल गरे । उनले फाविन्होको पासमा गोल गरेका थिए । लिभरपुलको लगातार गोलपछि दबाबमा देखिएको आर्सनलले ८५औं मिनेटमा सान्त्वना गोल फर्काएको थियो । आर्सनलका लुकास टोरेराले गोल गरे । तेस्रो जितसँगै नौ अंक बनाएको लिभरपुल शीर्ष स्थानमा छ । आर्सनलले समान खेलबाट तीन अंक बनाएको छ ।
यसैगरी शनिबार रातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई क्रिस्टल प्यालेसको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग २–१ गोलले पराजित भयो । अन्य खेलमा वेस्टहाम युनाइटेडले वाटफोर्डलाई ३–१, लेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई २–१ गोल र साउथह्याम्पटनले ब्राईटनलाई २–० गोलले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको निर्यात वृद्धि
-
कुशलको नाममा नयाँ कीर्तिमान
-
लंका प्रिमियर लिगमा तीन नेपाली खेलाडी अनुबन्ध
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण