मिलानलाई उडिनेसको धक्का
सोमबार, ०९ भदौ २०७६, १० : ०४
इटालियन सिरी ‘ए’ को बलियो टोली एसि मिलानलाई लिगको पहिलो खेलमै उडिनेसको नराम्रो धक्का लागेको छ । आइतबार राति भएको खेलमा मिलान उडिनेससँग १–० गोलले पराजित भयो ।
उडिनेसको जितमा रोड्रिगो बेकाओले ७२औं मिनेटमा निर्णायक गोल गरेका थिए । उडिनेसको घरेलु मैदानमा मिलान फिका देखिएको थियो ।
मिलानले खेलभर गोलगर्न लायक राम्रो अवसर बनाउन नसक्दा हारबाट सिजनको सुरुवात गरेको छ । जितसँगै उडिनेसले तीन अंक बटुलेको छ ।
इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार रातिनै भएका अन्य खेलमा ब्रेसियाले काग्लियरीलाई १–०, टोरिनोले ससौलोलाई २–१, एट्लान्टाले एसपीएएललाई ३–२ तथा लाजियोले साम्पडोरियालाई ३–० गोलले हराएको छ ।
एस रोमा र जिनोआले ३–३ तथा भेरोना र बोलोग्नाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण