बयानका लागि रवि लामिछानेलाई अदालत लगियो

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि अदालत लगिएको छ । तीन जना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ ।
उनीहरुको बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ ।
सरकारले भदौ ८ गते लामिछानेविरूद्ध पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोगसहित जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ ।
आत्महत्या दुरूत्साहनको अभियोग लगाउँदै उनीहरूलाई ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो ।
पुडासैनी मृत्यु प्रकरणपछि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै भरतपुरमा दिनहुँ प्रदर्शन हुँदै आएको छ ।
प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण आज मानिसहरु प्रदर्शनमा उत्रेका छैनन् ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उक्त आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनापछि राइड सेयरिङ लागू हुन्छ : मुख्यमन्त्री पाण्डे
-
‘लाज शरणम्’ टिमले गर्यो विद्यालयलाई सहयोग
-
विद्युत् काट्नुअघि पूर्व सूचना दिन मागसहित उच्च अदालत पाटनमा रिट
-
सडक विस्तारका क्रममा १४ वर्षदेखि रोकिएको जग्गाको मुआब्जा दिने विषयमा छलफल
-
सीसी क्यामेरा बन्द गरी डिजेल चोर्ने आयल निगमका कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा
-
पतञ्जली प्रकरण : कसरी अघि बढ्छ पूर्व प्रधानमन्त्री नेपालविरूद्धको भ्रष्टाचार मुद्दा ?