आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चक्रवातको विध्वंस रोक्न आणविक बमको प्रयोग गर्नुपर्छः ट्रम्प

सोमबार, ०९ भदौ २०७६, १३ : ३३
सोमबार, ०९ भदौ २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चक्रवात नियन्त्रणको लागि आणविक बम प्रयोग गर्ने सुझाव दिएका छन् । अमेरिका चक्रवातबाट धेरै प्रभावित हुने देश हो । 

आन्द्र महासागरमा निर्माण भएर अमेरिकी महादेशतर्फ अघि बढ्ने हरिकेन(चक्रवात) अमेरिका प्रवेश गर्नुअघि नै निस्तेज पार्नको लागि त्यसको केन्द्रमा बम हान्नुपर्ने ट्रम्पले प्रस्ताव गरेका हुन् । 

ट्रम्पले चक्रवातबारे भएको एउटा बैठकमा यस्तो सुझाव दिएका थिए । यो खबर अज्ञात स्रोतले अमेरिकी मिडिया एक्सियोसलाई दिएका थिए ।  

सोही स्रोतका अनुसार ट्रम्पको सुझावले वैठकमा सहभागी अलमलमा पर्दै मुखामुख गरेका थिए । 

ट्रम्पले यो सुझाव दिएको पहिलो पटक भने होइन । सन् २०१७ मा ट्रम्पले एक जना वरिष्ठ अधिकारीसँग चक्रवातमाथि बम प्रयोग गर्ने विकल्पबारे प्रश्न गरेका थिए । 

एक्सियोस्का अनुसार पछिल्लो वैठकमा ट्रम्पले आणविक बमकै उल्लेख भने गरेनन् । 

ह्वाइट हाउसले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । तर एक्सियोससँग कुरा गर्दै राष्ट्रपति कार्यालयका एक जना शीर्ष प्रशासनिक अधिकारीले ट्रम्पको ‘उद्देश्य खराब भने नभएको’ टिप्पणी गरेका छन् । 
चक्रवातमाथि आणविक बमको प्रयोगको विचार ट्रम्पले पहिलो पटक अघि सारेका भने होइनन् । 

सन् १९५० को दशकमा तत्कालिन अमेरिकी राष्ट्रपति ड्वीट् आइजनहावरको सरकारको समयमा एक जना सरकारी वैज्ञानिकले पहिलो पटक यस्तो विचार अघि सारेका थिए । 

त्यस यता समय समयमा यो कुरा उठ्ने गरेको छ । जबकि वैज्ञानिकहरुले त्यसले काम नगर्ने पत्ता लगाएका छन् । 

अमेरिका नियमित रुपमा चक्रवातको चपेटामा पर्ने गरेको छ । सन् २०१७ मा १२ वर्षयताकै सबैभन्दा शक्तिशाली चक्रवात हार्भे चक्रवात आएको थियो । 

त्यसपछि पनि अमेरिकाको पूर्वी तटले कयैन विनाशकारी आधींको प्रहार खेपिसकेको छ । चक्रवातले हजारौं मानिसको ज्यान लिइसकेको छ भने सयौं अर्ब मुल्यको धनमालमा क्षति पुर्याइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप