नेपाली सेनाभित्रको ‘रेन्जर बटालियन’ खारेज गर्न माग
काठमाडौ । सत्तारुढ दलका सांसद देव गुरुङले द्वन्द्वकालीन अवस्थामा नेपाली सेनाले निर्माण गरेको संरचना खारेज गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक समेत रहेका गुरुङले विगतकालमा नेपाल सरकारले अमेरिकी सहयोगमा नेपाली सेनाभित्र अप्रेसनका लागि भनेर विशेष संरचना (रेञ्जर बटालियन) बनाएपनि हाल शान्ति प्रकृया सुरु भइसकेको र मुलुक एउटा प्रकृयामा अगाडि बढिसकेको अवस्थामा सेनाभित्र उक्त संरचना आवाश्यक नभएको भन्दै खारेज गर्न माग गरेका हुन् ।
‘यो अवस्थामा द्वन्द्वकालीन संरचना कायम राखिनु हुँदैन । रेन्जर बटालियन खारेज गरेर नर्मल प्रकृयाअन्तर्गत सामान्य संरचना बनाउनुपर्छ’ उनको भनाई छ । ‘त्यहाँभित्र बटालियन बनाउदै रेजिमेन्ट बनाउने प्रकृयामा अगाडि बढिरहेकोले त्यसलाई अविलम्ब रोक्नुपर्छ, सामान्य संरचनामा झार्नुपर्छ, अन्यथा राष्ट्रियताका निम्ति खतरा, जोखिम र प्रतिकुलता बन्न सक्छ’ गुरुले सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण