जी-७ बैठक विश्व अर्थतन्त्र र इरानी मुद्दामा अल्झियो
बियारिज– विश्वका प्रमुख सात औद्योगिक समूह (जी-७) को तीन दिने शिखर बैठकमा अमेरिकी व्यापार नीतिहरु र इरानी कुटनीतिज्ञको बैठकमा आकस्मिक सहभागिताका कारण तनाबबीच समापन हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयोजक फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सोमबार नै संयुक्त पत्रकार सम्मेलन गरी शिखर बैठक औपचारिक रुपमा समाप्त भएको घोषणा गर्नेछन् ।
औद्योगिक एवं धनी प्रजातान्त्रिक सात राष्ट्रमा अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, जापान, क्यानडा र इटाली रहेका छन् । यस समूहमा रुस, भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिका समेतका कैंयौं उदीयमान अर्थतन्त्र भएका मुलुकहरु समावेश छैनन् ।
यद्यपि भारत समेतका केही प्रमुख औद्योगिक एवं प्रजातान्त्रिक मुलुकका नेताहरुलाई अनौपचारिक छलफलका लागि आमन्त्रण गरिएको छ । जी ७ का नेताहरुले शिखर बैठकको औपचारिक समापन हुनुअघि जलवायु परिवर्तन, विश्वलाई नै रुपान्तरित गरिरहेको डिजिटलाइजेसन र अरु जल्दाबल्दा विषयमा छलफल गर्दैछन् ।
फ्रान्सेली एटलान्टिक रिसोर्ट बियारिजमा जारी यस बैठकमा विश्व अर्थतन्त्रका जल्दाबल्दा विषयले अरु मुद्दाहरुलाई ओझेलमा पारेको छ । फ्रान्सेली राष्ट्रपति म्याँक्रोले बियारिजमा इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफलाई आमन्त्रण गरेर ठूलै साहस देखाएका छन् । उनले इरानी आणविक कार्यक्रमका कारण उत्पन्न तनाब मत्थर बनाउने कुनै कुटनीतिक उपाय खोज्न इरानी विदेशमन्त्रीलाई बियारिजमा आमन्त्रण गरेका हुन् ।
तर अमेरिकी राष्ट्रपतिले आफूलाई इरानी विदेशमन्त्रीको भ्रमणबारे पूर्व जानकारी भएको तर आफूले इरानी प्रतिनिधिसँग भेटघाट नगर्ने स्पष्ट गरेका छन् । राष्ट्रपति ट्रम्पले इरानी आणविक कार्यक्रमप्रति मात्र आफ्नो मुख्य चासो रहेको स्पष्ट गर्दै इरानमा सत्ता परिवर्तन गर्ने आफ्नो कुनै योजना नरहेको बताए ।
‘अहिल्यै भेट्ने बेला भएको छैन, म अहिल्यै भेट्न पनि चाहन्नँ,’ ट्रम्पले संवाददाताहरुलाई बताए । –एपी/PHOTO: NYTIMES
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण