अनाथबालबालिकाको सहयोगार्थ युरोपमा कलाकारको कन्सर्ट
काठमाडौं –अनाथ बालबालिकाको सहयोगार्थ सुन्दर र शान्त बालकल्याणकारी संस्था ‘पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर’ ललितपुरले युरोपको बिभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित संस्थाले सांगीतिक टुरको बारेमा जानकारी दियो । ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ नाम दिइएको कार्यक्रममा असोज २७ गतेदेखी कार्तिक ७ गतेसम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलका शहरमा आयोजना हुनेछ ।
टुरमा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र अभिनेत्री वर्षा रावत सहभागी हुँदैछन् । देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरुको आधारभूत आवश्यकता पुरा गरि उनीहरुको शिक्षामा सहयोग पुर्याई भबिश्यमा सक्षम नागरिक बनाउन सहयोग पर्याउने उद्देश्यले संस्थाको रहेको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा गायक सुगमले समाज सेवाका लागि टुर गर्न पाउदा खुसी लागेको बताए । उनले टुरमा आफ्ना नयाँ तथा पुराना चर्चित गीत राख्ने जानकारी दिए ।
त्यस्तै अभिनेत्री बर्षा राउतले टुरमा बिभिन्न नेपाली गीतमा नृत्य पस्कने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण