नागरिक लगानी कोषको संस्थागत एकाङ्क योजनाको ब्याज बढ्यो, कोषमा ११ योजना सञ्चालन
नागरिक लगानी कोषले संस्थागत रुपमा सहभागी हुने एकाङ्क धनीहरुको ब्याजदर बृद्धि गरेको छ । बृद्धि पश्चात यसको ब्याजदर ८ प्रतिशत पुगेको कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । यसअघि वार्षिक साढे पाँच प्रतिशत ब्याजदर थियो ।
कोषले सञ्चालन गरेका कार्यक्रमहरु मध्ये सुनिश्चित प्रतिफल र सुरक्षित लगानीको रुपमा लगानीकर्ताहरुले नागरिक एकाङ्क योजनालाई छनोट गर्ने गरेका छन् । लगानीकर्ताको माग अनुसार कोष व्यवस्थापनले नागरिक एकाङ्क योजनामा खरिदको सीमा पनि हटाएको छ ।
लगनीलाई विविधिकरण गर्न चाहने र उच्च प्रतिफल चाहने लगानीकर्ताहरुका लागि यस निर्णयले आकर्षित गर्न सक्ने कोषले बताएको छ ।
कोषले हाल कर्मचारी वचतबृद्धि, नागरिक एकांक योजना, उपदान कोष योजना, लगाीकर्ता हिसाव योजना लगायतका विभिन्न वीमा कोषहरु समेत गरी ११ ओटा योजनाहरु व्यवस्थापन गर्दै आइरहेको छ ।
२०७६ असार मसान्त सम्ममा कोषले कुल १ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी बचत परिचालन गरेको छ । दुरदृष्टिबाट भएको संचालक समिति, व्यवसायिक व्यवस्थापक र अनुभवी एबं लगनशिल जनशक्तिको उचित संयोजन भएको कारणले कोष व्यवस्थापनमा अग्रस्थानमा रहदै आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण