नागरिक लगानी कोषको संस्थागत एकाङ्क योजनाको ब्याज बढ्यो, कोषमा ११ योजना सञ्चालन

नागरिक लगानी कोषले संस्थागत रुपमा सहभागी हुने एकाङ्क धनीहरुको ब्याजदर बृद्धि गरेको छ । बृद्धि पश्चात यसको ब्याजदर ८ प्रतिशत पुगेको कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । यसअघि वार्षिक साढे पाँच प्रतिशत ब्याजदर थियो ।
कोषले सञ्चालन गरेका कार्यक्रमहरु मध्ये सुनिश्चित प्रतिफल र सुरक्षित लगानीको रुपमा लगानीकर्ताहरुले नागरिक एकाङ्क योजनालाई छनोट गर्ने गरेका छन् । लगानीकर्ताको माग अनुसार कोष व्यवस्थापनले नागरिक एकाङ्क योजनामा खरिदको सीमा पनि हटाएको छ ।
लगनीलाई विविधिकरण गर्न चाहने र उच्च प्रतिफल चाहने लगानीकर्ताहरुका लागि यस निर्णयले आकर्षित गर्न सक्ने कोषले बताएको छ ।
कोषले हाल कर्मचारी वचतबृद्धि, नागरिक एकांक योजना, उपदान कोष योजना, लगाीकर्ता हिसाव योजना लगायतका विभिन्न वीमा कोषहरु समेत गरी ११ ओटा योजनाहरु व्यवस्थापन गर्दै आइरहेको छ ।
२०७६ असार मसान्त सम्ममा कोषले कुल १ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी बचत परिचालन गरेको छ । दुरदृष्टिबाट भएको संचालक समिति, व्यवसायिक व्यवस्थापक र अनुभवी एबं लगनशिल जनशक्तिको उचित संयोजन भएको कारणले कोष व्यवस्थापनमा अग्रस्थानमा रहदै आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो
-
क्रान्तिकारीलले स्ववियु घोषणापछि आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाद
-
पर्यटन व्यवसायीबिच ‘व्यवसायिक साझेदारी बैठक’
-
वनमन्त्री शाही जर्मनी प्रस्थान
-
नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा मल्ल