सामान्य हिडाईबाट लक्ष्यमा पुग्न सकिन्न् : मन्त्री भट्टराई
काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने बताएका छन् । पर्यटन विभागले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन बर्ष मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु बाँकी नै रहेकाले कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने आवश्यकता औल्याएका हुन् ।
उनले पर्यटन विभागले केन्द्रीय रुपमा गर्दै आएको कामहरुको अख्तियारी मुलुकका विभिन्न ७ स्थानका कार्यालयहरुलाई हस्तान्तरण गरिसकेकाले सबै तहबाट पर्यटन बर्ष लक्षित गरि कामलाई तिब्रता दिनुपर्ने बताए ।
उनले भने, ‘पर्यटन बर्ष २०२० को मिसन पुरा गर्न मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु छन् । त्यसमा केही ढिलाई भएको छ । आगामी दिनमा सामान्य हिडाईबाट लक्ष्यमा पुग्न सकिन्न । अलिकति दौडिनुपर्नेछ । स्पीड अप गर्नुपर्नेछ । हाम्रो गियर चाही १ ÷२ नम्बरबाट अब हुदैन । माथिल्लो गियरमै जानुपर्छ ।’
उनले सरकारले आगामी पुस महिनाभित्र नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सबै काम सम्पन्न गर्ने तथा त्यसको केही महिनाभित्र उडान पनि सुरु लक्ष्यसाथ काम भइरहेको बताए । त्यसैगरी सुर्खेत विमानस्थललाई रात्रीकालीन उडान भर्ने व्यवस्था सहित स्तररोन्नतिको काम भइरहेको पनि उनले जानकारी दिए ।
मंगलबार पर्यटन विभागले विशेष कार्यक्रम गरी काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारी सहित अधिकार प्रत्यायोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण