‘शिव पार्वती’को रुपमा हरिहर र शकुन्तला सम्मानित
काठमाडौं – अग्रज कलाकार दम्पती हरिहर शर्मा र शकुन्तला शर्मा ‘शिव पार्वती’को रुपमा सम्मानित भएका छन् ।
फेसियल हाउसले आयोजना गरेको तीज बिषेश कार्यक्रम ‘फेसियल हाउस तीज महोत्सव २०७६’मा कलाकार हरिहर र शकुन्तलालाई उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाली कलाक्षेत्रका बिभिन्न विधामा पुर्याएको उल्लेखनिय योगदानको कदर गर्दै उनीहरुलाई यो सम्मान दिइएको हो ।
जीवन यात्रामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेको दुबैलाई शिव पार्वती जोडीको रुपमा सम्मान दिन पाउदा खुसी लागेको फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले बताइन् ।
सभामुख कृष्णबहादुर महराको धर्मपत्नी सिता महरालाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान समेत गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालले १८, १९ र २० गते पोखरामा आयोजना गर्न लागेको कार्यशाला गोष्ठीका लागि समेत आर्थिक सहयोग गरिएको थियो । उनले पत्रकार संघ नेपालका अध्यक्ष संदीप सापकोटालाई सहयोग स्वरुप रु २५,००० (पच्चिस हजार) प्रदान गरेकी थिइन् ।
कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत ‘तीज आयो’को भिडियो विमोचन समेत भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण