दशैंका लागि नयाँ नोट २० दिन अगाडी नै दिने राष्ट्र बैंकको तयारी
बुधबार, ११ भदौ २०७६, १३ : ०२
कठमाडौं– यसपटकको दशैका लागि २० दिन अगाडी नै नयाँ नोट बाँड्ने गरी राष्ट्र बैंकले तयारी शुरु गरेको छ । यसबर्ष झण्डै १३ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने तयारी भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
यद्यपि, कतिसम्म नयाँ नोट दिने र कति सम्म सटही गर्ने नर्णिय भने हुन बाँकी रहेको उनले भने । कुन–कुन स्थानबाट सटही सुविधा दिने भन्ने विषयमा पनि छलफल पछि निर्णय गरिने निरौलाले भने ।
दशैं र तिहारका लागि मात्र लक्षित गरेर नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले गत वर्षदेखि मूख्य–मूख्य पर्वमा पनि सटही सुविधा दिन थालेको छ । यसपटक पनि सो सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व, ल्होसार फागुनन्द जयन्ती जस्ता चाडमा सटही सुविधा दिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण