दशैंका लागि नयाँ नोट २० दिन अगाडी नै दिने राष्ट्र बैंकको तयारी
बुधबार, ११ भदौ २०७६, १३ : ०२

कठमाडौं– यसपटकको दशैका लागि २० दिन अगाडी नै नयाँ नोट बाँड्ने गरी राष्ट्र बैंकले तयारी शुरु गरेको छ । यसबर्ष झण्डै १३ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने तयारी भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
यद्यपि, कतिसम्म नयाँ नोट दिने र कति सम्म सटही गर्ने नर्णिय भने हुन बाँकी रहेको उनले भने । कुन–कुन स्थानबाट सटही सुविधा दिने भन्ने विषयमा पनि छलफल पछि निर्णय गरिने निरौलाले भने ।
दशैं र तिहारका लागि मात्र लक्षित गरेर नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले गत वर्षदेखि मूख्य–मूख्य पर्वमा पनि सटही सुविधा दिन थालेको छ । यसपटक पनि सो सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व, ल्होसार फागुनन्द जयन्ती जस्ता चाडमा सटही सुविधा दिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैङ्कद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस
-
सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता
-
भारत–पाकिस्तान तनावको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक
-
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने
-
मुस्ताङको स्याङमा उन्नत गाईपालन फस्टाउँदै
-
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ श्रावणदेखि, बुकिङ खुला