शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खैरो हिरोइनसहित दुई युवक पक्राउ

बिहीबार, १२ भदौ २०७६, २१ : ३३
बिहीबार, १२ भदौ २०७६

सिरहा – सिरहा ईलाका प्रहरी कार्यालय गोलबजारले प्रतिबन्धित लागु पदार्थसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार ६ डोहटियाका २१ वर्षिय भरत पासवान र २२ वर्षिय वीरेन्द्र यादवलाई ८ ग्राम खैरो हिरोइन सहित नियन्त्रणमा लिएको हो ।

उनीहरुले घरमा लुकाई छिपाइ राखेको अवस्थामा ठूलो एक पोका र सानो ८९ पोका सहित जम्मा ८ ग्राम खैरो हिरोइन बरामद रेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता डिएसपी अपीलराज बोहराले जनाए ।

प्रहरीले उनीहरुको साथबाट उनीहरु सवार स ५ प ५०९४ नम्वरका मोटरसाइकल, २० हजार ७ सय ६० नेपाली र एक हजार ७ सय भारतीय नगद रुपैयाँ र एक थान सामसुङ्ग मोवाइल पनि बरामद गरेको जनाएको छ । 
पक्राउ परेका दुवैलाई इप्रका प्रहरी कार्यालय गोलबारमा राखि थप अनुसनधान गरिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप