सरकारले जनताको चाहना पूरा गरेरै छाड्छ : मन्त्री विष्ट
रामेछाप - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकमा कम्युनिष्ट पार्टीको एकता भएको र उसको नेतृत्वमा सरकार चलेको देख्न नचाहनेले कुनै न कुनै रुपमा विरोध गर्न खोजे पनि आफूहरुले चुनावको समयमा जनताका सामु गरेका वाचा पूरा गरेरै छाड्ने बताएका छन् ।
जिल्लास्तरका अगुवा कार्यकर्तासँग आज मन्थलीमा भएको अन्तक्र्रियामा मन्त्री विष्टले मुलुक लामो समयदेखिको विकासबाट वञ्चित तथा बेथितीबाट ग्रसित रहेकाले रातारात परिवर्तन र विकास नदेखिएको उल्लेख गरे । उनले भने, ‘सरकारले जनतामा परिणाम दिने गरी काम गरिरहेको छ । हामी आगामी निर्वाचनसम्ममा गत निर्वाचनमा हामीले गरेका वाचा पूरा ग¥यौँ भनेर बुँदागत रुपमा राख्न सक्ने गरी काम गरिरहेका छौँ ।’
कार्यकर्तालाई जनताका बीचमा गएर सरकारले चुनावी प्रतिवद्धता पूरा गर्ने सन्देश लैजान मन्त्री विष्टले आग्रह गरे ।
उनले भने, ‘जनताको मन खुम्च्याउन नपाउने र कार्यकर्ताको शीर नझुक्ने गरी सरकारले काम गर्नेछ । यो सरकारले देश र जनताको अहितमा कुनै काम गरेको छैन । गर्दैन पनि ।’
अन्तक्र्रियामा नेकपाका जिल्ला नेताहरु आनन्द श्रेष्ठ, प्रकाश कार्की, नगरपालिकाका उपप्रमुख माया कार्कीलगायत सहभागी थिए । मन्त्री विष्टले जिल्लास्थित प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग पनि छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण