डबल नेकपा सरकारले कुनै काम गर्न सकेन : वैद्य
बुटवल । नेकपा क्रान्तिकारीका माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले डबल नेकपा सरकारले राष्ट्रियता र जनजीविकाका विषयमा केही पनि काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
शुक्रबार बुटवलमा क्रान्तिकारी पत्रकार माहसंघले आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै वैद्यले भने, ‘यो सरकारले कुनै काम गर्न सकेको छैन । केवल कम्युनिष्ट पार्टीको बदमान मात्र गराएको छ । सरकारले अनुभूति जनताले गरेका छैनन् ।’
उनले सरकारले केवल महँगी बढाउने काम मात्र गरको आरोप लगाए ।
उनले सरकारको परराष्ट्र नीति निकै कमजोर भएको उल्लेख गर्दे चीनतर्फ जाँदा चीनसँग नजिक, भारततर्पm जादाँ भारतसँग नजिक अनि अमेरिका जादाँ अमेरिकासँग नजिक देखिने गरेको बताए ।
वैद्यले सरकारले मंसीर १४ गतेका लागि घोषणा गरेको उपनिर्वाचन बहिस्कार गर्ने निर्णय आफ्नो पार्टीले गरेको बताए । उनले चुनावलाई पार्टीले कार्यनीतिको प्रश्न मानेकोले यसलाई आवश्यकता अनुसार उपयोग गर्ने र उपयोग नगर्ने बताए । अहिलेको अवस्थामा उपयोग गर्दा फाइदा नहुने भएपछि बहिस्कार गर्ने रणनीति पार्टीले ल्याएको बताए ।
यता, नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई राजनीतिक ढङ्गबटै समाधान गर्नुपर्ने उनले बताए । उनले भने, ‘त्यो समूहलाई प्रतिबन्धित गर्ने होइन ।’
आफ्नो पार्टीको हाल कुनै पाटीसँग एकता प्रकृया नचलेको बताउँदै ध्रुवीकरणको सम्भावना भने हुन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण