नासाको अध्यक्षमा विनय अर्याल विजयी
डिसी – अमेरिकाको दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) को अध्यक्ष पदमा विनय अर्याल विजयी भएका छन् ।
अर्याल अध्यक्ष पदको लागि चुनावी मैदानमा उत्रिएका उम्मेद्वारहरु क्रमस डा. ठाकुर कार्की ,शिव बिष्ट तथा पशुपति न्यौपानेलाई हराउदै आगामी २०१९–२०२१ को लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
निर्वाचन अघि अर्यालले नेपाली समुदायमा रहेका आफ्ना शुभ चिन्तक ,बुद्धिजीवी ,विभिन्न पेशामा संलग्न व्यक्ति, पूर्व अध्यक्षहरु ,विभिन्न संघर संस्थाका पदाधिकारी,साथीभाइको सरसल्लाह अनुसार अध्यक्ष पदमा उम्मेदारी दिएको बताएका थिए ।
कुरा र गफमा हैन कर्ममा विश्वास गरौ , बोलेको कुरा गरेर देखाऊ भन्ने नारा सहित उनले उम्मेदवारी दिएका थिए । नासाका वर्तमान कार्यकारी समिति सदस्य समेत रहेका अर्याल आगामी २०१९(२०२१ का लागि अध्यक्ष पदमा दुई वर्ष काम गर्ने छन् ।
अर्यालले आफ्नो मुख्य कार्यसूची भनेको क्षमता भएका व्यक्तिहरुलाई अमेरिकाको मूलधारमा राजनैतिक ,आर्थिक र सामाजिक रुपमा नेपालीहरुलाई सहभागी गराउने उद्धेश्यका साथ आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका थिए ।
अध्यक्षमा विजयी भएका अर्यालले हरेक नेपाली परिवारभित्र रहेको पहिलो पुस्ता र दोश्रो पुस्ताको बीचको अन्तरलाइ कम गर्न समन्यव गरि पहिलो पुस्तालाई नेपालीहरुको कला ,संस्कृति ,र सामाजिक अभियानमा सहभागी गराउन विशेष कार्यक्रम नासा मार्फ़त अन्य नेपाली स्थानीय संस्थाहरूसँग समन्वय गरि संचालन गर्ने प्रतिबद्धता गरेका छन् ।
अर्याल ,नर्थ क्यारोलाइनाको डेमोक्रेटिक पार्टीको गिलफर्ड काउन्टीका प्रिसिङ्गट् अध्यक्षमा निर्वाचित भै काम गरि रहेका छन् । नेपाल चितवन घर भै हाल नर्थ क्यारोलाइनामा बसोबास गर्छन ।
अर्याल अमेरिकाको एएनए, एएनएस ,एनएससिआइ, लगाएत विभिन्न संघर संस्था संग आबद्ध पनि रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण