फिफाको उत्कृष्टमा मेस्सी, रोनाल्डो र भान डाइक, अरु को–को परे ?
एजेन्सी– विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को उत्कृष्ट फिफा बर्ष खेलाडी अवार्डका लागि तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । मनोनयनमा लियोनल मेस्सी, भर्जिल भान डाइक र क्रिस्टियानो रोनाल्डो परेका छन् ।
यसअघि मनोनयमा परेका खेलाडीबाट फिफाले सोमवार शीर्ष तीन खेलाडीको नाम सार्वजनिक गरेको हो । यी तीन खेलाडी युरोपेली फुटबल महासंघ (यूईएफए) को उत्कृष्ट खेलाडीको पनि मनोनयनमा थिए । यूईएफएको उत्कृष्ट अवार्ड भने भाइ डाइकले जितेका थिए । खेलाडीसँगै फिफाले अन्य विधाको अन्तिम तीनको मनोनयन पनि सार्वजनिक गरेको छ ।
वर्षको उत्कृष्ट पुरुष खेलाडीको सूचिमा अन्तिम १० जनाको मनोनयनमा रोनाल्डो, मेस्सी, भान डाइकसँगै फ्रेन्की डि जोङ, माथिज डिलाइट, ह्यारी केन, इडेन हजार्ड, साडियो माने, बकेलियन एमबाप्पे र मोहमद सलाह थिए । फिफाले अब शीर्ष तीनमा रहेका मध्येबाट फिफामा आबद्ध सबै देशका राष्ट्रिय प्रशिक्षक र कप्तान, क्षेत्रीय प्रतिनिधित्व हुनेगरी छनोट भएका पत्रकार तथा फिफा डट कम मार्फत विश्वभरका फुटबल समर्थकको मतदानका आधारमा उत्कृष्ट बर्ष खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्दछ । यस अवार्ड सेप्टेम्बर २३ तारिखमा मिलानमा विशेष समारोहबीच वितरण गरिन्छ ।
यस्तो छ विभिन्न विधाको मनोनयन
उत्कृष्ट पुरुष खेलाडी
१) लियोनल मेस्सी (बार्सिलोना÷अर्जेन्टिना)
२) क्रिस्टियानो रोनाल्डो (युभेन्टस÷पोर्चुगल)
३) भर्जिल भान डाइक (लिभरपुल÷नेदरल्यान्ड्स)
उत्कृष्ट महिला खेलाडी
१) मेगन रापिनो (अमेरिका)
२) एलेक्स मोर्गन (अमेरिका)
३) लुसी ब्रोन्ज (इङल्यान्ड)
उत्कृष्ट पुरुष प्रशिक्षक
१) पेप ग्वार्डीओला (म्यानचेस्टर सिटी)
२) योर्गेन क्लोप (लिभरपुल)
३) माउरिसिओ पोचेटिनो (टोट्टनहाम)
फिफा पुकास अवार्ड
१) लियोनल मेस्सी (बार्सिलोना÷अर्जेन्टिना)
२) जुआन फेर्नान्डो क्वेंटेरो (रिभर प्लेटर÷कोलम्बिया)
३) डेनियल जसोरी (डेब्रेसेनी÷रोमानिया)
उत्कृष्ट गोलरक्षक
१) एलिसन बेकर (लिभरपुलर÷ब्राजिल)
२) एन्डरसन (म्यानचेस्टर सिटी÷ब्राजिल)
३) मार्क टेर स्टेगेन (बार्सिलोना÷जर्मनी)
उत्कृष्ट महिला गोलरक्षक
१) हेडभिग लिंडहल (स्विडेन)
२) क्रिस्टियन एन्डलर (चिली)
३) सारी भान भीनेनडाल (नेदरल्यान्ड्स)
उत्कृष्ट महिला प्रशिक्षक
१) जील एल्लिस (अमेरिका)
२) फिल नेभील (इङल्यान्ड)
३) सरिना वियगमन (नेदरल्यान्ड्स)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण