प्रदेश मन्त्रीको राजीनामा माग्दै पुत्ला दहन
जनकपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा तथा बिद्यार्थी संगठनले मंगलबार कलैयामा प्रदेश नम्बर २ सरकारका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको पुतला जलाएका छन् ।
बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने अभिव्यक्ति दिएपछि मन्त्री रायको पुतला जलाइएको हो ।
मङ्गलवार कलैयाको भरत चौकमा युवाहरुले मन्त्री रायको पुतला जलाउँदै राजिनामा समेत माग गरे । नेकपा बाराका जिल्ला सदस्य तथा युवा नेता मुकेश साहले निजगढमै बिमानस्थल निर्माण हुनैपर्ने बताए । संघीय सरकारको बजेटमा निर्माण हुन लागेको बारा अन्तर्रा्ष्ट्रिय बिमानस्थल बन्न नदिने मन्त्री रायको अभिव्यक्तिले प्रदेश २ सरकार विकास बिरोधी रहेको प्रष्ट भएको उनले बताए ।
बिरोधमा उत्रेका युवा बिद्यार्थी नेताहरुले प्रदेश २ को कडा आलोचना गर्दै चर्को नाराबाजी समेत गरेका छन् । बिद्यार्थी नेता ईमरान आलमले नेकपा प्रदेश २ का सदस्य जितेन्द्र तिवारी, नेकपाका नेताहरु ध्रुब यादव, रामदिनेश यादव, आबिद अंसारी, कौसल सिंह, लगायतको सहभागितामा बिरोध प्रदर्शन भएको बताए ।
मन्त्री रायले निजगढमा निर्माण हुन लागेको बिमानस्थल बनाउँनका लागि रुख काट्न नदिने र बारामा बन्न नदिने अभिव्यक्ति दिएपछि चौतर्फी बिरोध शुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण