चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी

सरकारले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लक्षित गर्दै उनको स्वागतका लागि आवश्यक तयारी सुरु गरेको छ । राष्ट्रपति सी जिनपिङ अक्टोबर ११ बाट सुरु पाँच दिने भारत भ्रमणका बेला काठमाडौँ आउने अपेक्षा गरिएको छ ।
चिनीयाँ राष्ट्रपतिको भ्रमण विवरण सार्वजनिक गर्न सम्बन्धित सरकारी अधिकारीहरुले अस्वीकार गरेका छन् । तर उच्च सरकारी श्रोतले भने राष्ट्रपति सिको नेपाल बसाइका लागि आवश्यक तयारी भइरहेको जानाएको छ ।
राष्ट्रपति सी भारत भ्रमण गर्नुपहिले वा भारतबाट फर्कने क्रममा केही समय काठमाडौँ आउन सक्ने अपेक्षा गरिएको छ । उच्च स्रोतका अनुसार नेपाली सुरक्षा निकायले राष्ट्रपति सीको सम्भावित भ्रमणलाई लक्षित गर्दै विशेष सुरक्षा व्यवस्थाको तयारी पनि थालेको छ ।
नेपालको सुरक्षाअवस्थाबारे जानकारी लिन चिनीयाँ सुरक्षा निकायको टोली समेत हालै नेपाल आएर फर्किसकेको छ ।
यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु
-
जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा