चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी
सरकारले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लक्षित गर्दै उनको स्वागतका लागि आवश्यक तयारी सुरु गरेको छ । राष्ट्रपति सी जिनपिङ अक्टोबर ११ बाट सुरु पाँच दिने भारत भ्रमणका बेला काठमाडौँ आउने अपेक्षा गरिएको छ ।
चिनीयाँ राष्ट्रपतिको भ्रमण विवरण सार्वजनिक गर्न सम्बन्धित सरकारी अधिकारीहरुले अस्वीकार गरेका छन् । तर उच्च सरकारी श्रोतले भने राष्ट्रपति सिको नेपाल बसाइका लागि आवश्यक तयारी भइरहेको जानाएको छ ।
राष्ट्रपति सी भारत भ्रमण गर्नुपहिले वा भारतबाट फर्कने क्रममा केही समय काठमाडौँ आउन सक्ने अपेक्षा गरिएको छ । उच्च स्रोतका अनुसार नेपाली सुरक्षा निकायले राष्ट्रपति सीको सम्भावित भ्रमणलाई लक्षित गर्दै विशेष सुरक्षा व्यवस्थाको तयारी पनि थालेको छ ।
नेपालको सुरक्षाअवस्थाबारे जानकारी लिन चिनीयाँ सुरक्षा निकायको टोली समेत हालै नेपाल आएर फर्किसकेको छ ।
यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण