भीम रावलसँग स्पष्टीकरण लिइने
केपी ओली र प्रचण्ड ‘मिलेपछि’ नेकपाभित्र अनुशासन कायम गराउन नेतृत्वका विरुद्ध नकारात्मक टीका–टिप्पणी गर्न नपाउने उर्दी जारी भएलगत्तै केही नेताहरुलाई स्पष्टीकरण मागेर ‘डिमोरलाइज्ड’ गर्ने योजना बनेको जानकारी प्राप्त भएको छ ।
विभिन्न सन्दर्भमा विभिन्न नेताहरुलाई सार्वजनिक रुपमै नकारात्मक टिकाटिप्पणी गर्ने व्यक्तिहरुलको खोजी नेकताभित्र व्यापकरुपमा हुन थालेको छ । यस क्रममा जम्मा पाँच जना नेताहरुको नाम स्पष्टीकरण लिनुपर्ने व्यक्तिका रुपमा सूचीबद्ध भएको बुझिएको छ ।
पार्टीमा फलामे अनुसाशन कायम गर्नका निम्ति महासचिव विष्णु पौडेलले विशेष अग्रसरता लिएका छन् । र, अनुसाशनहिनहरुको सूची तयार गर्न पनि उनले नै तत्परता दिएको बताइन्छ ।
नेताहरु भीम रावल, जनार्दन शर्मा, सूर्य थापा, मेटमणि चौधरी र जगन्नाथ खतिवडामाथि पार्टीको नीति र नेताविरुद्ध गतिविधि गरेको आरोप लागेको छ ।
यो समाचार घटना र विचार साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण