नेपाल इन्भेस्टमेन्ट बैंकको सेलपेसँग सहकार्य, भुक्तानी गर्दा क्यास ब्याक
काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले डिजिटल भुक्तानी र रकम स्थान्तान्तरण सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँगको सहकार्य सम्झौतामा नेपाल इन्मेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले हस्ताक्षर गरे ।
नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरूले सेलपे एकाउन्टमा आफ्नो खाता आवद्ध तुल्याउनेवित्तीकै १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने सेलपेमार्फत बिलहरूको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता (क्यास ब्याक अफर) पनि पाउने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सेलपे, सेलकमद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताबाट डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थान्तन्तरण सेवा प्रदान गर्छ ।
भुक्तानी सुरक्षित विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपेमार्फत गरिएको भुक्तानी उही समयमा हुन्छ ।
ग्राहकहरूले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थान्तन्तरण गर्न सक्नेछन् ।
ग्राहकहरूले सेलपे भुक्तानी विल्कप रहेका स्थानहरू सेलपे मार्फत् अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् । यसमार्फत् मोबाइलको टप–अप गर्न, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरूको बिललगायत बिल भुक्तानी गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण