डेङ्गु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
बुटवल – प्रदेश नं ५ का प्रदेशसभा सदस्यले डेङ्गु रोग नियन्त्रणका लागि विशेष अभियान चलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको बुटवलमा बसेको बिहीबारको बैठकमा सदस्यहरुले डेङ्गु रोगको सङ्क्रमण बढेका कारण नियन्त्रणका लागि ध्यान दिन आग्रह गरे ।
बैठकमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले डेङ्गु रोग अहिले देशभर समस्याका रुपमा देखिएकाले नियन्त्रण जरुरी रहेको बताए । प्रदेशसभा सदस्य फकरुद्धिन खानले डेङ्गुको जोखिम बढेकाले प्रभावकारी कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे । प्रदेशसभा सदस्य विजयबहादुर यादवले सुर्खेतमा गाई मारेको घटनाबारे छानबिन गर्न माग गरे ।
सदस्य भगवतीदेवी भण्डारीले विकास निर्माणका काम समयमा नहुँदा बजेट फ्रीज हुने गरेकाले त्यसतर्फ ध्यान दिन भौतिक पूर्वाधार विकास मन्त्रालयको ध्यानाकर्षण गराए । यस्तै अर्का सदस्य कृष्णध्वज खड्काले सामाजिक सञ्जालबाट गलत सूचना र समाचार दिएर जनमानसमा भ्रम फैलाउने काम भएकाले यसलाई रोक्न संयन्त्र गठन गर्नु आवश्यक रहेको धारणा राखे ।
बैठकमा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । सो प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य तारा जिसीले जनप्रतिनिधिलाई अनावश्यक सुविधा बढाउने गरी विधेयक ल्याउन नहुने धारणा राखे।
अर्का सदस्य कुलप्रसाद पोखरेलले काम गरे वापत जनप्रतिनिधिले लिने सामान्य सेवा सुविधालाई अतिरञ्जित नगर्न आग्रह गरे ।
बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमाथि सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री केसीले संविधानले प्रदेशलाई दिएको अधिकार आत्मसात गर्नुपर्ने भएकाले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन संशोधन जरुरी रहेको बताए ।
उनले प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी र सदस्यको पारिश्रमिक तोक्ने नभइ राज्यले काम लगाउदा सेवा सुविधा दिने नीतिअनुसार जनप्रतिनिधिले पनि उचित सेवा सेवा सुविधा पाउने विषय विधेयकमा व्यवस्था गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण