प्रदेश तीनको राजधानी हेटौँडा नै हुन्छ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटांँडानै हुने दाबी गरेका छन् ।
अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौँडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गरेका हुन् ।
चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो गृह जिल्ला मात्र नभइ राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौँडालाई संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको रुपमा आफूले प्रदेश ३ को अस्थायी राजधानी घोषणा गरेको पनि स्पष्ट पारे ।
अध्यक्ष थापाले पहिला पनि माध्यामाञ्चल क्षेत्रको केन्द्रको रुपमा रहेको र यातायातको दृष्टिकोणबाट पनि अत्यन्तै सुगम रहेको तथा पूर्वाधारका अन्य व्यवस्था पनि भएकाले हेटौँडा प्रदेश ३ को राजधानी बनाउन उपयुक्त हुने तर्क पनि गरे ।
फरक प्रसङ्गमा अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै सरकारले दोषीमाथि कडा कार्वाही गर्नुपर्ने पार्टीको माग पनि दोहो¥याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण