युवाको भविष्य चौँपट पारि जागरणको नौटङ्की गरिँदैछ : महासचिव शाही
काठमाडौं – नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले दोस्रो चरणको जागरण अभियान अगावै नेविसंघको नेतृत्व ल्याउन र तरुण दललाई पूर्णता दिन पार्टी नेतृत्वसँग जोडदार माग गरेको छन् ।
शुक्रबारको एक कार्यक्रममा भ्रातृ संस्थाका केन्द्रीय समिति विस्तारमा गैरजिम्मेवारीपना देखाएका भन्दै पार्टी नेतृत्वप्रति महासचिव शाहीले आक्रोश व्यक्त गरे ।
उनले भने, ‘भ्रातृ संस्थाका केन्द्रीय समिति विस्तारसम्म गर्न नसक्ने गैरजिम्मेवार नेत्तृत्वबाट पार्टी जागरणको कुरा गरेर मात्र केही औचित्य नहुने म प्रष्ट पार्न चाहन्छु।’ तरुण दललाइ ४ जनामा सिमित हुन र नेविसंघ लाई शून्यमा राख्नु लोकतान्त्रिक पार्टीको लागि लाजमर्दो विषय भएको महासचिव शाहीको भनाइ छ ।
उनले भने, ‘केन्द्रलाई नै जागृत पार्न नसक्ने पार्टीका नेताहरूले गाउँमा गएर जागरण गर्छु भन्नू नौटङ्की मात्र हो। भ्रातृ संस्थाको बेहाल पार्ने र युवाहरुको भविष्य चौपट पार्ने पार्टीको लाचारीपनको म तरुण महासचिवको हैसियतले गम्भीर आपत्ति व्यक्त गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण