रौतहटमा दुई जना भेटियो डेङ्गु, स्क्रपटाइफसबाट एकको मृत्यु
रौतहट – राजधानी काठमाडौंदेखि देशका ४० जिल्लामा महामारीको रुपमा फैलिएको डेङ्गु रोगका दुई जना बिरामी रौतहटमा पनि भेटिएका छन् । रौतहटको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको लागि आएका दुई जना बिरामीको परिक्षण गर्दा डेङ्गु संक्रमित भएको चिकित्सकले पुष्टि गरेका छन् ।
पछिल्लो केही दिनदेखि ज्वरो लागेर उपचार गराउन आएका चन्द्रपुर १ मंगलपुरका २७ वर्षीय प्रमोद शहनीको रगत परिक्षण गर्दा डेङ्गु रोगको संक्रमण देखिएको चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर शुवाष चौधरीले जानकारी दिए ।
डेङ्गु संक्रमित शहनी चन्द्रपुर जोस्पीटलमा परिक्षण पश्चात सामान्य उपचारपछि थपउपचारका लागी आजै काठमाडौं लागेको डाक्टर चौधरीले बताए । त्यसैगरी डेङ्गु रोगका अर्का संक्रमित एकजना महिला सुमित्रा देवी रौनियारको सोही अस्पतालमा उपचार भइरहेको छ ।
डेङ्गु रोगबाट संक्रमित भइ रौतहटमा पहिलो पटक दुई जना बिरामी संक्रमित सार्वजनिक भए पनि डेङ्गु रोगसँगै हाल फैलिएको स्क्रप्टाईफस रोग बाट संक्रमण भइ एकजना बिरामीको यसअघि नै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका निमित प्रमुख महेश साहले बताए ।
डेङ्गु रोगसँगै फैलिएको अर्को स्क्रप्टाईफस रोगबाट चन्द्रपुर ४ ठाडाटोलका ७० वर्षीय दावानाथ घिमिरेको केही दिनअघि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गौरले जनाएको छ । स्क्रप्टाईफस रोगबाट गम्भीर अवस्थामा पुगेका घिमिरेको उपचारको क्रममा भरतपुर स्थित मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका मलेरिया सुपरवाईजर नन्देश्वर चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण