डेङ्गुका सङ्क्रमित ८३५ पुगे
काठमाडौं – जिल्लाका अस्पतालमा साउनयता ८३५ जना डेङ्गुका सङ्क्रमितलाई उपचार गरिएको छ । यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार दुई हजार ४२६ जनाको रगतको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । यो सङ्ख्या हाल सम्मकै उच्च हो ।
कार्यालयले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७÷०६८ मा तीन हजार २९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ७३९ जनामा सङ्क्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा ३७१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । दुई हजार २६१ जनाको परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेङ्गु देखिएको हो।
यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेङ्गु फेला परेको थियो । सो आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा ११९, ०७२÷०७३ मा ८५, ०६८÷०६९ मा ६८, ०७४÷०७५ मा ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।
आर्थिक वर्ष २०६९÷०७० मा ५२ जनामा डेङ्गु देखिएको थियो भने गत आर्थिक वर्षमा एक हजार ९५१ जनाको डेङ्गु परीक्षणमा ३१ जनामा देखिएको थियो । हरेक तीन÷तीन वर्षमा सङ्क्रमण बढेको देखिन्छ ।
केसीका अनुसार यस वर्ष सङ्ख्या अत्यधिक बढेर गएको छ । जिल्लाका अधिकांश अस्पताल डेङ्गुका बिरामीले भरिएका छन् । नवलपुर जिल्ला स्थायी घर भई नारायणगढ बस्ने एक वृद्ध र शुक्रनगर घर भएकी किशोरीको डेङ्गुका कारण मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण