शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

थप चार मुलुकसँग हवाई सम्झौताको तयारी

आइतबार, २२ भदौ २०७६, ०७ : ४१
आइतबार, २२ भदौ २०७६

सरकारले थप चार देश फिनल्यान्ड, इन्डोनेशिया, रुस र अस्ष्ट्रेलियासँग हवाई सम्झौताको तयारी गरेको छ । 

हालसम्म नेपालको ३९ देशसँग हवाई सम्झौता भइसकेको छ । सम्झौताको तयारी गरेका देशमध्ये फिनल्याण्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुची देखाएको हो भने अन्य मुलुकसँग नेपालले चासो बढाएको पर्यटन मन्त्रालयले जनाएको छ । 

यी मुलुकमध्ये रुस पहिले सम्झौता तथा उडानसमेत भएको तर हाल उडान बन्द भएको मुलुक हो । 


अन्य मुलुक नयाँ हुन् । नेपालसँग हवाई सम्झौता गर्ने ३९ औं मुलुक कम्बोडिया हो । यो समाचार आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप