सिरियामा हवाई आक्रमण, १८ जनाको मृत्यु
बेरुत– पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडालक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।
इराकको सिमानानजिकै अल–बुकामाल सो आक्रमण भएको बेलयतसँगआवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
सो युद्धमा अल–कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूह हाबी हुँदै गयो । सो आन्दोलनका परी सो समयदेखि हालसम्म ३ लाख ७० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
यस द्वन्द्वमा परी लाखौं व्यक्ति घाइते भएका छन् भने लाखौं आफ्नै देश र विदेशमा शरण लिएर बस्न बाध्य भएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह