तीन विधेयक तत्काल सच्याउन काँग्रेसको माग
काठमाडौँ– नेपाली काँग्रेसले तीन वटा विधेयक तत्काल सच्याउन माग गरेको छ ।
नेपाली काँग्रेसका प्रमुख सचेतक बालककृष्ण खाडले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले संघीय संसदमा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिहरुमा छलफलका क्रममा रहेका ‘‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’’, ‘‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’’, ‘‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’’ सच्याउन माग गरेका हुन् ।
काँग्रेस सांसदले संविधान प्रतिकूल भन्दै यी विधेयकहरु माथि संशोधन प्रस्ताव राख्नुका साथै समिति एवं उपसमितिहरुमा फरक मत राख्दै आएका छन् । तर संशोधन प्रस्ताव र फरकमतप्रति सरकार संवेदनशील नभएको बताएको छ ।
‘नेपालको संविधानको प्रस्तावना, प्रावधान र व्यवस्थालाई उलंघन गर्दै संविधान प्रतिकूलका कुनै पनि विधेयकहरु नेपाली कांग्रेसलाई स्वीकार्य छैन । तसर्थ संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी प्रस्तुत भएका विधेयकहरुलाई तत्काल सच्चाउन नेपाली कांग्रेस जोडदार माग गर्दछ’, काँग्रेसका प्रमुख सचेतक खाणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण