शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा कार्यालय प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सोमबार, २३ भदौ २०७६, २२ : २२
सोमबार, २३ भदौ २०७६

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त  कार्यालय प्रमुख रघुपति चौधरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । 

अख्तियारले उहाँविरुद्ध ६३ हजार ५७७ रुपियाँको दोब्बर जरिवाना गरी पाउन माग दाबीसहित आज विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

उनका अनुसार चौधरीले वार्षिक कार्यक्रमबमोजिम कफी खेतीको प्रवद्र्धनका लागि कृषकलाई उपलब्ध गराएउने सामग्री खरीदमा अनियमित गरेको पाइएको भन्दै मुद्दा दायर गरिएको हो । अख्तियारले तत्कालीन कार्यालय प्रमुख चौधरीलाई भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ७ बमोजिम बिगोसहित मुद्दा दायर गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप