अख्तियारद्वारा कार्यालय प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर
सोमबार, २३ भदौ २०७६, २२ : २२
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपति चौधरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
अख्तियारले उहाँविरुद्ध ६३ हजार ५७७ रुपियाँको दोब्बर जरिवाना गरी पाउन माग दाबीसहित आज विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उनका अनुसार चौधरीले वार्षिक कार्यक्रमबमोजिम कफी खेतीको प्रवद्र्धनका लागि कृषकलाई उपलब्ध गराएउने सामग्री खरीदमा अनियमित गरेको पाइएको भन्दै मुद्दा दायर गरिएको हो । अख्तियारले तत्कालीन कार्यालय प्रमुख चौधरीलाई भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ७ बमोजिम बिगोसहित मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण