प्रधानसेनापति थापाको सम्पत्ति विवरण सार्वजनिक
काठमाडौं– नेपाली सेनाले प्रधानसेनापतिको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेबसाईटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । आफ्नो एक वर्षे कार्यकालको अवसर पारेर सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रमका बीच मंगलबार उनले आफ्नो सम्पत्ति वितरण नेपाली सेनाको वेबसाईटमार्फत सार्वजनिक गरेका हुन् ।
त्यस अवसरमा उनले नेपाली सेनामा आवद्ध सबैलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराए । प्रधानसेनापति थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको उल्लेख गरिएको छ ।
त्यसैगरी दुईवटा बैंकमा गरेर ६५ लाख नगद आफ्नो नाममा र श्रीमतीको नाममा ५० हजार नगद रहेको पनि नेपाली सेनाको वेभसाईटमार्फत सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ । श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर सम्पत्ति रहेको तथा काठमाडौं, नवलपरासी र लमजुङमा घरजग्गा रहेको पनि प्रधानसेनापति थापाको सम्पत्ति विवरणमा समावेश गरिएको छ । कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेनामा हुने भ्रष्टाचार अनुगमन र नियन्त्रणका लागि आगामी वर्ष विशेष योजना ल्याउने घोषणा पनि गरे ।
प्रधानसेनापति थापाले सेनाका रथीवृन्द र अधिकृतहरुको सम्पत्तिको छानविनको कामलाई पनि अघि बढाउने योजना अघि सारेका छन् । उनले नेपाली सेनालाई बदनाम गराउने कुनै पनि काम आफूले गर्न नदिने चेतावनी पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण