४ बर्षपछि रुपन्देहीमा फेरि देखियो कालाजार रोग
बुटवल– सरकारले पश्चिम तराईमा उन्मुलनको घोषणा गरेको कालजार रोगबाट रुपन्देहीमा एकजना बिरामीको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार गराइरहेका कालाजारका बिरामीको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङ्गगढकी जीवन रानाको मृत्यु भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेट डा.कृष्ण खनालले बताए ।
रानाको शुरुमा भैरहवास्थित मेडिकल कलेजमा उपचार गर्दा कालजार रोग लागेको पत्ता लागेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको थियो । भुसुनाको टोकाईबाट हुने कालाजार रोगको उपचार यो क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पतालामा मात्र हुन्छ ।
डा. खनालका अनुसार कुनै बेला यो रोग तराईका क्षेत्रमा बसोबास गर्नेलाई हुने गर्दथ्यो । पछिल्लो समय उच्च हिमाली क्षेत्र र पहाडमा समेत देखिन थालेको छ । यो रोग लागेमा लगातार ज्वरो आउने गर्दछ भने कलेजोमा संक्रमण बढ्न गई पेट फुल्ने, कमजोरी महसुस हुने लगायत लक्षण देखिने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण