भट्टीबाट सिनित्त रित्तिएर रित्याएर सबै सबै सम्पन्नताहरू भर्खर भैरव अवतार लिएर घर फर्किएको छ, गणतन्त्रको गोदत्तप्रसाद ! सर्पजस्तै बेरिँदै बेरिँदै रातसँगै चढ्दै गएको उसको अहंको पारो निहुँ खोजिरहेको छ, असरल्ल झोँक्राइबसेको भान्छाको टेबुलसँग । निहुरोको मुन्टाजस्तो भएर यो झरीमा उसैको...