वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
सारांश
- वीर अस्पतालले सेवाग्राहीका समस्या र सल्लाहलाई प्राथमिकता दिन 'गुनासो तथा उजुरी व्यवस्थापन तथा फर्छ्यौट समिति' गठन गरेको छ।
- यस समितिको प्रमुख गुनासो सुन्ने अधिकारीका रूपमा डा. प्रकाश बुढाथोकी रहेका छन्।
- सेवाग्राहीका गुनासा र उजुरीहरूलाई अस्पताल प्रशासनले निरन्तर सुधार र उत्कृष्ट सेवाका लागि महत्त्वपूर्ण मानेको छ।
काठमाडौँ । वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना तोकिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सेवाग्राहीका समस्या र सल्लाहलाई प्राथमिकताका साथ सम्बोधन गर्न 'गुनासो तथा उजुरी व्यवस्थापन तथा फर्छ्यौट समिति' गठन गरेको हो ।
"प्रत्येक आवाजको सम्मान, हरेक गुनासोको समाधान" भन्ने मूल नाराका साथ गठन गरिएको यस समितिको प्रमुख गुनासो सुन्ने अधिकारीका रूपमा डा. प्रकाश बुढाथोकी रहेका छन्। अस्पतालले आफ्ना सेवाहरूलाई थप पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले यो संरचनात्मक पहल अघि बढाएको हो।
यस समितिअन्तर्गत सेवाग्राहीका उजुरी र सुझावहरू सहज रूपमा सुन्नका लागि डा. अनिप जोशी, डा. नरेन्द्र खनाल, डा. राजेन्द्र झा, डा. मनिष बज्राचार्य, डा. सुवज भट्टराई, सिद्धार्थ रञ्जित, सुनिता न्यौपाने, श्री तारा बहादुर कुँवर, पूर्णिमा सिवाल र विद्याभूषण बजगाईंलाई गुनासो सुन्ने अधिकारीका रूपमा जिम्मेवारी तोकिएको छ।
प्रत्येक गुनासो तथा उजुरी सुन्न, बुझ्न र समाधान गर्न आफूहरू सधैँ तयार रहेको जनाउँदै अस्पताल प्रशासनले सेवाग्राहीका गुनासा र उजुरीहरूलाई वीर अस्पतालको निरन्तर सुधार र उत्कृष्ट सेवाका लागि महत्त्वपूर्ण पृष्ठपोषणको रूपमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण