कम्तीमा तीस प्रतिशत युवा पार्टी नेतृत्वमा आउनुपर्छ : ईश्वर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरलेलले पार्टीको आगामी महाधिवेशनबाट कम्तीमा ३० प्रतिशत युवा नेतृत्व तहमा आउनुपर्ने बताएका छन् ।
राष्ट्रिय युवा सङ्घको दोस्रो पूर्ण बैठकको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीको नेतृत्वको नर्सरीका रुपमा युवा सङ्घ रहेकाले कम्तीमा ३० प्रतिशत नेतृत्वमा आउनुपर्ने बताए ।
उनले ३० प्रतिशत युवा पार्टीको नेतृत्वमा नआउँदा पार्टीमा नेतृत्वको रिक्तता आउने र पार्टी संकटमा पर्ने बताउँदै भने, “त्यसैले अब म आफै कमसेकम ३० प्रतिशत युवा महाधिवेशनमा आउनुपर्छ भनेर म वकालत गर्छु ।”
उनले थपे, “पार्टीको नेतृत्वमा आएका ३० प्रतिशतमध्ये ५० प्रतिशत अगाडि बढे भने नेतृत्वमा रिक्तता हुँदैन ।”
उनले पार्टीको एकतापछि तीन वर्षमा पार्टी सबैतिर भएपनि शक्ति र संगठनमा देखिन नपाएको बताए । “एकतापछि पार्टी शक्ति र संगठनमा देखिनुपर्नेमा त्यस्तो देखिएन । हाम्रो यही हो भूकम्पको बेला तीन महिनामा २७ हजार टहरा बनाएर नेपाली जनतालाई हस्तान्तरण गरेका थियौँ,” उनले भने, “हाम्रो पार्टी राजनीतिक संगठनमात्र होइन सभ्यता र संस्कृति बोकेर आएको शक्ति पनि हो ।”
युवा संघका इन्चार्ज महेश बस्नेतले सरकारले निर्वाचन घोषणा गरिसकेकाले युवा संघ निर्वाचनकेन्द्रित हुनुपर्ने बताए ।
बैठकले संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई जिम्मेवारीमुक्त गरेको छ । सोमबारसम्म चल्ने बैठकले संयोजक चयन गर्ने संघका नेता प्रभातविक्रम कटवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी विकास मन्त्रालयले पायो १ खर्ब १८ अर्ब ३४ करोड बजेट
-
भौतिक मन्त्रालयले पायो १ खर्ब ५२ अर्ब बजेट
-
गड्डाचौकी – अत्तरिया खण्डको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन
-
तराई–मधेस द्रुतमार्ग निर्माण २०८४ मा सम्पन्न गर्ने
-
वैकल्पिक ऊर्जातर्फ २ अर्ब ३३ करोड बजेट
-
एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा