पहिरोले राप्ती राजमार्ग अवरुद्ध
बुधबार, १४ जेठ २०८२, १० : २१
दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्ल्यान खण्ड अवरुद्ध भएको छ । सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार आज बिहान सडक माथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो । एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ ।
सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण