बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

बुधबार, १४ जेठ २०८२, १० : २१
बुधबार, १४ जेठ २०८२

दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्ल्यान खण्ड अवरुद्ध भएको छ । सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार आज बिहान सडक माथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो । एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ । 

सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप