शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ

बुधबार, १४ जेठ २०८२, २२ : २७
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • लमजुङमा तरुण दलको अधिवेशनमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन्।
  • प्रहरीले पक्राउ परेका व्यक्तिलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान सुरु गरेको छ र अदालतबाट ७ दिनको म्याद थप गरेको छ।
  • अधिवेशनमा दुई पक्षबीचको विवादमा खुकुरी प्रहार हुँदा ४ जना घाइते भएका थिए, जसपछि प्रहरीले खोजी थालेको हो।

लमजुङ । तरुण दल लमजुङको पाँचौँ अधिवेशनमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । मध्य नेपाल नगरपालिका वडा नम्बर ६ का ४२ वर्षीय किरण गुरुङलाई पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ । 

उनलाई आजै जिल्ला अदालत पेस गरेर ७ दिन म्याद थपी ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्दामा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 

जेठ ३ गते जिल्ला अधिवेशनमा दुई पक्षबिच विवाद भएको थियो । सोही समयमा केही व्यक्तिहरूले खुकुरी प्रहार गरेर ४ जना घाइते भएका थिए ।  त्यसपछि घाइतेका परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले खोजी गरेको हो । अन्यको खोजी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप