तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ
बुधबार, १४ जेठ २०८२, २२ : २७
सारांश
- लमजुङमा तरुण दलको अधिवेशनमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन्।
- प्रहरीले पक्राउ परेका व्यक्तिलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान सुरु गरेको छ र अदालतबाट ७ दिनको म्याद थप गरेको छ।
- अधिवेशनमा दुई पक्षबीचको विवादमा खुकुरी प्रहार हुँदा ४ जना घाइते भएका थिए, जसपछि प्रहरीले खोजी थालेको हो।
लमजुङ । तरुण दल लमजुङको पाँचौँ अधिवेशनमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । मध्य नेपाल नगरपालिका वडा नम्बर ६ का ४२ वर्षीय किरण गुरुङलाई पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ ।
उनलाई आजै जिल्ला अदालत पेस गरेर ७ दिन म्याद थपी ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्दामा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
जेठ ३ गते जिल्ला अधिवेशनमा दुई पक्षबिच विवाद भएको थियो । सोही समयमा केही व्यक्तिहरूले खुकुरी प्रहार गरेर ४ जना घाइते भएका थिए । त्यसपछि घाइतेका परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले खोजी गरेको हो । अन्यको खोजी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण