गणतन्त्रलाई बलियो बनाउन हाम्रा कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्नुपर्छ: मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रलाई बलियो बनाउनका लागि हाम्रा कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्नुपर्ने बताएका छन् ।
त्यसका लागि जनतालाई केन्द्र बिन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउने उनको भनाइ छ ।
‘व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता हो,’ बिहीबार १८ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले भने, ‘यस युगान्तकारी परिवर्तनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्छ ।’
लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनको बुझाइ छ ।
उनले थप भने, ‘जुनसुकै शासन प्रणालीलाई संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्न सक्छ । शासन प्रणाली विकासका क्रममा कमजोरीहरू देखा पर्न पनि सक्छन् ।’
नागरिकका आशातीत अपेक्षा पुरा नहुँदा कहीँ कतै वितृष्णा र टिका— टिप्पणीका स्वरहरू सुनिन सक्ने हुँदा त्यसलाई सुधार गरेर लैजानुपर्ने उनको भनाइ छ ।
यद्यपि टीकाटिप्पणी र कमीकमजोरीहरूलाई व्यवस्थाको असफलतासँग जोड्दै कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्काउने खोज्ने असंवैधानिक कदमहरू कदापि स्वीकृत नहुने पनि उनको भनाइ छ । साथै इतिहासको गतिलाई अव कसैले पनि पछाडि फर्काउन नसक्ने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा खाजा खान होटेलमा पसेका युवकको शङ्कास्पद मृत्यु
-
माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी अभियान सञ्चालन गर्ने
-
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा समर्थकको धर्ना, तस्बिरहरू
-
फिल्म ‘परी’ काे शुभ मुहूर्त
-
लन्डन दूतावासमा मनाइयो १८औँ गणतन्त्र दिवस, तस्बिरहरू
-
गणतन्त्रको यात्रामा कर्मचारीतन्त्र कहाँ चुक्यो ?