शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

बुधबार, १४ जेठ २०८२, १४ : ५६
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङ पदमुक्त भएकी छिन्।
  • जनमत पार्टीबाट सांसद रहेकी गुरुङले राजीनामा दिएकी थिइन्, श्रीमानले सामाजिक सञ्जालमा जानकारी गराएका थिए।
  • प्रदेश सभाका सचिवले उनको अनुपस्थिति र पदमुक्तिको जानकारी दिए।

बुटवल । लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।  जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ आजदेखि पदमुक्त भएकी हुन् ।   वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन् । 

जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सिके गुप्ताले उनी पदमुक्त भएको बताए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुनले गीताको अनुपस्थितिको सूचना प्रदेशसभामा दिएर आजदेखि उनलाई पदमुक्त गरिएको जानकारी दिइएको रातोपाटीलाई बताए ।

dd

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप