लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
बुधबार, १४ जेठ २०८२, १४ : ५६
सारांश
- लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङ पदमुक्त भएकी छिन्।
- जनमत पार्टीबाट सांसद रहेकी गुरुङले राजीनामा दिएकी थिइन्, श्रीमानले सामाजिक सञ्जालमा जानकारी गराएका थिए।
- प्रदेश सभाका सचिवले उनको अनुपस्थिति र पदमुक्तिको जानकारी दिए।
बुटवल । लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्। जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ आजदेखि पदमुक्त भएकी हुन् । वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन् ।
जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सिके गुप्ताले उनी पदमुक्त भएको बताए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुनले गीताको अनुपस्थितिको सूचना प्रदेशसभामा दिएर आजदेखि उनलाई पदमुक्त गरिएको जानकारी दिइएको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण