शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा उत्सवमय गणतन्त्र दिवस

बिहीबार, १५ जेठ २०८२, ०८ : २३
बिहीबार, १५ जेठ २०८२

बुटवल । लुम्बिनी प्रदेश सरकारले १८ औँ गणतन्त्र दिवस उत्सवको रूपमा मनाइरहेको छ। तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरी आज मूल समारोह आयोजना गरिएको छ । 

दाङको देउखुरीमा दिवसको अवसरमा विभिन्न कला, संस्कृतिसहितको झाँकी सम्मिलित प्रभातफेरीको आयोजना गरिएको छ । 

स्थानीय कला, संस्कृति, समुदायको भेसभुसा र पञ्चे बाजासहितको प्रभातफेरी सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सभाका सभामुख, पूर्व मुख्यमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी तथा आम समुदायको सहभागिता रहेको छ ।

2345

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप