बागमतीले बगायो तेल ट्यांकर र डब्बा गाडी
समाचार सारांश
- अविरल वर्षापछि बगुवा खोलाले दुई सवारी साधन बगायो, जसमा तेल ट्यांकर र डब्बा ट्रक समावेश थिए।
- बाराको अमलेखगन्जबाट काठमाडौँ जाँदै गरेको ट्यांकर पुल नजिकै अनियन्त्रित भई खोलामा खसेको हो, चालक भने सकुशल छन्।
- वीरगन्ज भन्सारबाट आएको डब्बा गाडी खोलामा पार्किङ गरिएको अवस्थामा बगायो, भने कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको छ।
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित बगुवा खोलाले बिहीबार दुई वटा सवारी साधन बगाएको छ । अविरल वर्षाका कारण पानीको बहाव बढेपछि एक तेल ट्यांकर र एक डब्बा ट्रक खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार बाराको अमलेखगन्जबाट डिजेल बोकेर काठमाडौँतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क २०३१ नम्बरको ट्यांकर पुल नजिकैको चिप्लो र हिलो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो ।
ट्यांकर चालक वीरगन्ज महानगरपालिका–२१ का २६ वर्षीय कृष्ण महतो भने गाडी खस्नुअघि नै हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।
यस्तै वीरगन्ज भन्सारबाट सामान बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ५१९६ नम्बरको डब्बा गाडी पनि खोला नजिकै पार्किङ गरेर राखिएको अवस्थामा पानीको तेज बहावले बगाएको प्रवक्ता अर्यालले जानकारी दिए ।
उनका अनुसार दुवै सवारी खोलाको बहावमा परेर बगे पनि मानवीय क्षति भने भएको छैन । यसअघि गएराति खसेको सुख्खा पहिरोका कारण काठमाडौँ र हेटौँडा जोड्ने कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८, भर्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन प्याब्सनले दियो शिक्षिकाहरूलाई तालिम
-
फाइनल पुग्ने लक्ष्यसहित आपसमा भिड्दै दुई महारथी मुम्बई र गुजरात
-
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
-
मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका बेपत्ता पाँच सदस्य मृत फेला परे
-
ललितपुरमा खाजा खान होटेलमा पसेका युवकको शङ्कास्पद मृत्यु
-
माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी अभियान सञ्चालन गर्ने