आलमलाई सफाइ दिँदै उच्चले भन्यो - मारिएका व्यक्तिको इट्टाभट्टामा मृत्यु भएको पुष्टि हुन सकेन
काठमाडौँ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले व्यक्तिलाई जिउँदै इट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भइ कारागारमा रहेका पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिएको छ ।
बुधबार न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्लाको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो । फैसलाको संक्षिप्त पाठअनुसार आलमलाई सफाइ दिन उच्चले मुख्य चारवटा आधार लिएको देखिन्छ ।
सफाइ दिन अदालतले आलमलाई महान्यायाधीवक्ताको कार्यालयलयले यसअघि मुद्दा चलाउन नपर्ने निर्णय गरेको तथा सर्वोच्च अदालतले गरेको परमादेश, विष्फोटमा घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओशी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा ल्याइ पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आधार देखाएको छ । यसैगरी उच्चले विधिविज्ञान परीक्षण प्रतिवेदनबाट समेत मृतकहरूको इट्टाभट्टामा पोलिएर मृत्यु भएको दाबी पुष्टि हुन नसकेको आधार देखाएको छ ।
२०६४ चैत २७ मा बम विष्फोट भएको भनिएकोमा त्यो आधार अनुसन्धानबाट पुष्टि हुन नसकेको उच्चको ठहर छ । संक्षिप्त पाठमा भनिएको छ, ‘बम विष्फोटको विषयमा जाहेरी परी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरूको मृत्यु एकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचलाउने निर्णय गरेको देखियो ।’
यसैगरी यस सम्बन्धमा सर्वोच्च अदालतबाट २०६५ असार २० मा भएको निर्णय बदर गरी पुनःप्रमाणित गरी प्रचलित कानुन बमोजिम गर्न गराउन २०६९ जेठ १६ गते परमादेश जारी भई २०७५ चैत ११ मा पुनः अनुसन्धान भएको देखिने पनि संक्षिप्त पाठमा उल्लेख गरिएको छ ।
यी आधार र कारण देखाउँदै उच्चले जिल्लाले गरेको सजाय नमिलेको देखिइ उल्टी भइ सफाइ पाउने फैसला गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण