शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

यार्सागुम्बा टिप्न गएका युवकको लेक लागेर मृत्यु

बिहीबार, १५ जेठ २०८२, १३ : ३९
बिहीबार, १५ जेठ २०८२

सुर्खेत । यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका—८, का १९ वर्षीय धनलाल विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढाका अनुसार अनुसार विकको बुधबार मृत्यू भएको हो । 

काइके गाउँपालिकास्थित नावरपानी यार्सा पाटन पुगेका उनलाई लेक लागेको थियो । उनी एक हप्ताअघि आफ्नो बुबासँग यार्सा संकलनका लागि डोल्पा पुगेका थिए । प्रहरीले मृतक विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा पुर्‍याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप