वैकल्पिक ऊर्जातर्फ २ अर्ब ३३ करोड बजेट

काठमाडौँ । सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जातर्फ २ अर्ब ३३ करोड बजेट विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका लागि उक्त बजेट विनियोजन गरेका हुन् । सरकारले सौर्य, जैविक तथा वायु ऊर्जामा निजी क्षेत्रको लगानी आकर्षित गरिने बताएको छ ।
अर्थमन्त्री पौडेलले विद्युत आपूर्ति अवरुद्ध सूचना स्वचालित वितरण केन्द्रमा प्राप्त हुने र तत्काल मर्मत गरिने व्यवस्था मिलाइने बताए । उनले विद्युत् चुहावट न्यूनीकरण गरिने पनि बताए ।
उनले भने, ‘नेपाल सरकारको लगानीमा निर्माण हुने बहुउदेश्य आयोजनाबाट उत्पादन हुने विद्युत् बिक्रि गरी सरकारको सञ्चित गर्ने व्यवस्था मिलाइने छ । रानी जमरा आयोजना र भेरी बबई आयोजनाबाट उत्पादन भएको विद्युत निर्यात गरेर प्रर्याप्त भएको बजेट नेपाल सरकारको सञ्चित कोषमा दाखिला गरिने छ ।’
अर्थमन्त्री पौडेलले वैकल्पिक ऊर्जाको उत्पादन तथा खपत वृद्धि गरी कार्वन उत्सर्जन घटाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेट अपेक्षाकृत छ, ९० प्रतिशत पुँजीगत खर्च हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष सिंह
-
प्रविधिको प्रयोग गरेर नेपाली युवाहरुले ५१५ मिलियन भित्र्याए : कार्यकारी निर्देशक पौडेल
-
बजेटले अटो सेक्टरलाई फेरि उजागर गर्ने अठोट लिएको छ : अध्यक्ष चौधरी
-
गर्मीमा डिहाइड्रेसनको खतरा : कुन उमेरको व्यक्तिले कति पानी पिउने ?
-
दुई ठुला पार्टी मिलेर बनेको सरकारले पोलिसी डिपार्चर गर्न सकेन : अर्थविद् पौडेल
-
मुम्बईको जीतमा रोहितको रेकर्ड