आन्दोलन छाडेर राप्रपाका सांसद बजेट भाषणमा सहभागी हुने
सारांश
- राजधानीमा राजावादी समूहको आन्दोलनमा राप्रपाका सांसदहरू केही समयका लागि सहभागी हुने।
- राप्रपाका नेताहरू आन्दोलन सकेर संघीय संसदको बजेट भाषणमा सहभागी हुनेछन्।
- हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले आन्दोलन सुरु गरेको छ।
काठमाडौँ । राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा तय गरेको आन्दोलनमा राप्रपाका सांसदहरू केहीबेर मात्रै सहभागी हुने भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शमशेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू आन्दोलनमा केहीबेर सहभागी भएर संसद बैठकमा सहभागी हुने भएका हुन् ।
संसदीय दलका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीले आफूहरू आन्दोलनका साथै संसद बैठकमा पनि सहभागी हुने बताए ।
राप्रपा समेत सहभागी राजावादी समूहको आन्दोलन दिउँसो २ बजेदेखि सुरु हुँदैछ । तर, ३ बजेदेखि संघीय संसदमा आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण हुनेछ । सोही बजेट भाषणमा सहभागी हुनका लागि पार्टीका सांसदहरू बीचमै आन्दोलन छाडेर संसद बैठकमा सहभागी हुन लागेका हुन् ।
‘हाम्रो सहभागिता वारिपारि नै रहन्छ । आन्दोलनमा केहीबेर सहभागी भएर बजेट भाषण पनि सुन्न जान्छौँ’, शाहीले भने । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले संसदीय मोर्चामा रहेका नेताहरू ३ बजेअघिसम्म आन्दोलन सहभागी हुने र त्यसपछि संसदमा जाने बताए । त्यसपछि सांसद नरहेका नेताहरूको कार्यक्रममा सहभागिता रहने उनको भनाइ छ ।
वर्तमान व्यवस्थाको विरोधमा राजावादीले ‘संयुक्त जनआन्दोलन समिति’को अगुवाइमा बिहीबारदेखि आन्दोलन सुरु गरेका हुन् । समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी संघसंस्थाहरु रहेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्यलगायतको माग राखेर अनिश्चितकालीन आन्दोलन गर्न लागिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण