आन्दोलनमा आएका राजावादीलाई आवागमनमा बाधा उत्पन्न गरिएको आरोप
सारांश
- राप्रपाले राजावादीलाई आन्दोलनका लागि काठमाडौं आउँदा आवागमनमा बाधा पुर्याएको आरोप लगाएको छ।
- प्रवक्ता मोहन श्रेष्ठले नौबिसे हुँदै आउने राजावादीलाई रोक्ने र सोधपुछ गर्ने प्रयास भएको बताए।
- राजसंस्था पक्षधरहरूको आन्दोलनमा सहभागी हुन आउनेहरूलाई अवरोध नगर्न राप्रपाले प्रशासनको ध्यानाकर्षण गराएको छ।
काठमाडौँ । राप्रपाले आन्दोलनका लागि काठमाडौँ आएका राजावादीलाई आवागमनमा बाधा उत्पन्न गर्ने प्रयास भएको आरोप लगाएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नौबिसे हुँदै काठमाडौँ आइरहेकारुलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको सूचना प्राप्त भएको बताए ।
‘राजसंस्था पक्षधरहरूको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाडौँ आइरहेका विभिन्न भूगोलका राष्ट्रवादी साथीहरूलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सुचना आएको छ। त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराउँदछ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थालाई चुनौती दिँदै आन्दोलन सुरु गरेका छन् ।
यसैबीच प्रहरीले काठमाडौँको नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिँदा केही समय सडक अवरुद्ध हुन पुगेको जनाएको छ । दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो ।
सो बसले सडकको केही भाग अवरुद्ध हुँदा सडक जाम भएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण